१७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक [पूर्णपाठ]
सरकारले आगामी आवको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार सो बराबरको बजेट संसदमा प्रस्तुत गरेका हुन् । गत वर्षको बजेटको आकार करीब १६ अर्ब रहेको थियो ।
आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए। कुल विनियोजनमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत रहेको छ।
त्यस्तै, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ अर्थात् १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ अर्थात् २४ प्रतिशत रहेको छ।
budget-full
प्रतिकृया दिनुहोस्