April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

आयल निगमको भलवारी डिपोभित्र रहेको दुई ट्यांकरमा आगलागी

भैरहवा– नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक डिपो रहेको रुपन्देहीको भलवारीमा ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी भएको छ । तेल खन्याउने क्रममा लु२ख२६५६ र लु२ख५८७ नम्बरको ट्यांकरमा आगलागी भएको हो ।

Advertisement

आगलागीबाटी ट्ंयाकरमा पूर्णमात्रामा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी के–कति कारणले भएको हो भन्ने बारे केही खुल्न सकेको छैन । शुक्रबार बिहान ११ बजेतिर ट्यांकरमा आगलागी भएको हो ।

Advertisement

आगलागी हुनसाथ सिद्धार्थनगर, बुटवल र तिलोत्तमा नगरपालिकाको दमकल तत्काल पुगी आगो नियन्त्रणमा लिएका थिए । यस्तै आगलागी नियन्त्रणमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, निगमका कर्मचारी, अग्नि नियन्त्रक समेट खटिएका थिए ।

ट्राफिक प्रहरी मंगलापुरका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु जिसीले आगलागी नियन्त्रणमा लिन करिब एक घण्टा समय लागेको बताए । दमकल तत्कालै पुगेकाले आगलागीबाट ठूलो क्षति हुन भनेजोगिएको जिसीले जनाए । तर, ट्यांकरलगायतमा भने क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।