December 12, 2024, Thursday
२०८१ मंसिर २७

नगरको समृद्धिका लागि गठबन्धनको जीत जरुरी

भैरहवा– रुपन्देहीको भैरहवाका उद्योगी व्यवसायीले सिद्धार्थ नगर नगरपालिकाको समृद्धिका लागि नगर प्रमुख र उपप्रमुख नेपाली कांग्रेस र माओबादी केन्द्र गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनु पर्नेमा जोड दिएका छन् । गठबन्धनका उम्मेदवार बिजयी भए मात्र भैरहवाको आर्थिक समृद्धि सम्भव हुने उनीहरुको भनाई थियो ।
गठबन्धनका उम्मेदवार बिजयी बनाउन आआफनो क्षेत्रबाट निर्वाचनमा होमिने उनीहरुले प्रतिवद्धता जनाएका छन् । नगरमा उद्योग मैत्री वातावरण निमार्ण, यहाँको पर्यटकीय साथै सहरी बिकासकालागी गठबन्धनलाई जिताउनुुको बिकल्प नरहेको उद्योगी व्यवसायीको ठहर छ ।

भैरहवामा बिहीबार आयोजित उद्योगी व्यवसायीको भेलाले एमाले सरकारमा हुँदा उद्योगी व्यवसायीलाई दुुःखदिने, अनावश्यक कर थोपार्ने र संकलन गरेको कर सदुपयोग नगरेको निष्कर्ष निकालेको छ । त्यसैले यसपटक सिद्धार्थ नगरमा गठबन्धनलाई जिताउनुपर्ने उनीहरुले बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणीज्य महासघंका केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठले राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षाका लागि मात्र नभएर सिद्धार्थ नगरको चौतर्फि बिकास गर्न प्रमुख–उपप्रमुखमा गठबन्धनका उम्मेदवार जिताउनुु पर्ने बताए ।

Advertisement

गठबन्धनको तर्फबाट नगर प्रमुखमा नेपाली काग्रेंसका इस्तियाक अहमद खान र उपप्रमुखमा माओबादी केन्द्रको तर्फबाट कमला थापालाई उम्मेदवार बनाएका छन् । नगरमा रहेका अन्य प्रतिस्पर्धी भन्दा गठबन्धनका उम्मेदवार स्वच्छ छवी, उद्योग व्यवसाय मैत्री र लगानीकर्ताका समस्या बुुझेका व्यक्ति रहेकाले गठबन्धनका उम्मेदवार जिताउनु पर्ने केन्द्रिय सदस्य श्रेष्ठले बताए । कार्यक्रममा उद्योग व्यापार संगठनका अध्यक्ष अनिलकुमार ज्ञवालीले ठेलामा व्यवसाय गर्नेदेखि ठूला उद्योगीको मर्म र भावना बुुझ्न सक्ने क्षमता व्यक्ति भएकाले गठबन्धनका उम्मेदवार बिजयी गराउन अपिल गरे । बिगतमा नगरपालीकामा रहेका जनप्रतिनिधि साझा बन्न नसकेको अनुुभुती यहाँका व्यवसायीले गरेको उनले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ठाकुुरकुुमार श्रेष्ठले नगरको आर्थिक गतिविधिलाई चलायमान बनाउन, पर्यटकीय सहरको रुपमा बिकास गर्ने स्पष्ट योजना गठबन्धनका उम्मेदवारसित रहेको बताए । गठबन्धनका उम्मेदवारले जिते नगरको सार्थक बिकास हुुने उनले बताए । बिगतमा नगरपालिकाले आवश्यकता भन्दा व्यक्तिगत लाभ हानीका आधारमा लगानी गर्दा नगरबासीको चाहाना अनुसार बिकास हुुन नसकेको समेत उनले बताए ।
उद्योगी व्यवसायीको भेलाले गठबन्धनका उम्मेदवार जिताउन चुनावी रणनीति समिति समेत गठन गरेको छ । सिद्धार्थ उद्योग बाणीज्य सघंका निर्वमान अध्यक्ष कुुलप्रसाद न्यौपाने सयोंजक र उद्योग ब्यापार सगंठनका अध्यक्ष अनिल ज्ञवाली सह–सयोंजक रहेको समीती गठन गरीएको हो । समिति सदस्यमा कृष्ण घिमीरे, दर्पण श्रेष्ठ, सुुमन सर्मा, दिलीप कान्दुु, रामप्रसाद सापकोटा, मधुुसुुधन अर्याल, अर्जुुन कुँवर, प्रमोद रिजाल, राजेश महोतरा, संजय बेरीवाल र राकेश गुुरुङ छन् ।