April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

मदिरा र मोबाइलसहित १० बिलासीका वस्तु आयातमा रोक

सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो ।

Advertisement

मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यानहरु, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल सबै प्रकारका खेलौनाहरु र  खेल्ने तास आयातमा रोक लगाइएको हो । 

Advertisement

सरकारले आगामी असार मसान्तसम्मका लागि उक्त १० वस्तु आयातमा रोक लगाएको जनाएको छ । तर सरकारले चुरोट तथा सुर्तीजन्य वस्तु र कच्चा पदार्थ ल्याउन भने छुट दिएको छ । यस्तै हिराको औद्योगिक कच्चा पदार्थ ल्याउन पनि छुट दिइएको छ । यस्तै एम्बुलेन्स र शववाहन प्रयोजनका लागि गाडी ल्याउन प्रतिबन्धन लागू नहुने मन्त्रालयले जनाएको छ ।

कूटनीतिक नियोगका अधिकारीलाई भने उक्त १० वस्तु ल्याउन बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि याे प्रतिबन्ध लागू नहुने छैन ।