May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

निमार्ण व्यवसायीद्वारा मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय आगाडि नेपाल निर्माण व्यवसायी महासंघ, बुटवलले धर्ना दिएको छ । महासंघले मंगलबार निर्माण सामाग्रीमा भएको सार्वजनिक खरिद नियमावली २०६४ को एघारौं संसोधन र अत्याधिक मूल्यवृद्धिको विरोधमा मुख्यमन्त्री कार्यालय आगाडि महासंघमा आबद्ध व्यवसायीले धर्ना दिएका हुन् ।

यसअघि महासंघले निर्माण सामाग्रीमा मूल्यवृद्धि, सामाग्रीको अभाव र कालोबजारी रोक्न तथा सार्वजनिक खरिद नियमावली २०६४ को एघारौं संशोधन सच्याउन माग गरेको थियो ।

Advertisement