May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

द रोयल ग्यालेक्सी होटल सञ्चालनमा

भैरहवा– करिब डेढ करोडको लगानीमा रुपन्देहीमा ‘द रोयल ग्यालेक्सी होटल’ सञ्चालनमा आएको छ । जिल्लाको मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनीरोडमा होटल संचालनमा आएको हो ।

सिद्धार्थनगर सिटी हस्पिटल) नजिकै उक्त होटल छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यनगर गरेर होटल सञ्चालनमा आउन ल्याइएको सञ्चालक कमलेश कोहाँरले बताए । ‘यहाँ अब होटलको माग बढेको छ । यसै कुरालाई मध्यनजर गर्दै ‘द रोयल ग्यालेक्सी होटल’ शुभारम्भ गरिएको हो’, उनले भने ।

चार तल्ले होटलमा १४ वटा कोठा रहेको कोहारले जानकारी दिए । आगामी दिनमा ग्राहकको सल्लाह सुझाव अनुसार अगाडि बढ्ने उनको भनाइ छ । होटलको लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका थिए ।

Advertisement