एक अर्ब लगानीमा एनजी मार्केट
भैरहवा– एक अर्ब बढीको लागतमा रुपन्देहीमा एनजी मार्केट खुलेको छ । आई.एन.जी.ए सपिङ कम्प्लेक्स प्रालिले जिल्लाको मणिग्राममा मार्केट संचालनमा ल्याएको हो ।
तिलोत्तमा नगरपालिका–५ राधाकृष्ण टोलमा संचालनमा आएको मार्केट बैशाख १ गतेदेखि औपचारिक सुरुवात गरिने प्रालिका अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए । तीन चरणमा संचालन हुने मार्केटमा पहिलो चरणमा बैशाख १ गतेदेखि घरायसी समानहरु खाद्यान्न, लत्ताकपडालगायत आबश्यक सम्पूर्ण समानहरु उपलब्ध हुने अध्यक्ष बन्जाडेले बताए ।
‘हामीले एकै पटकमा चार सय जनाले सेवा लिन सक्ने रेष्टुरेन्ट पनि संचालनमा ल्याउने छौं’, उनले भने । दोसो चरणमा लेडिज तथा जेन्सहरुका लागि आबश्यक बुटिकका सामानहरुदेखि लिएर लेजिड एण्ड जेन्स पार्लर, कस्मेटिक लगायतका सामानहरु मार्केटमा विक्रीका लागि राखिे जनाइएको छ । यो मार्केट बैशाखको अन्त्यमा संचालनमा आउने छ ।
तेस्रो चरणमा घर, होटल, अफिसलगायतका स्थानहरुमा आबश्यक पर्ने फर्निचरका समानहरुको सोरुम सुभारम्भ गर्ने तयारी रहेको प्रालिले बताएको छ । ‘फनिृचर सोरुम संचालनमा आउन थप ३ महिना लाग्ने छ’, अध्यक्ष बन्जाडेले भने ।
बैशाख १ गते बाट अनौपचारिक रुपमा मार्केट संचालनमा आए पनि यसको उद्घाटन भने मार्केट पूर्णरुपमा संचालनमा आएपछि गरिने प्रालिका अध्यक्ष बन्जाडेले बताए । एकै छानामुनी सबै प्रकारका समानहरु पाइने यो नेपालकै ठुलो मार्केट रहेको उनले दाबी गरे ।
दुई लाख स्क्वारफुट क्षेत्रफल रहेकोमा ८० हजार स्क्वारफुट क्षेत्रफलमा मार्केट छ । ८० हजार स्क्वायरफुट क्षेत्रफलमा फैलिएको यो नै पहिलो मार्केट रहेको उनले दाबी गरे । ‘मार्केट फुलफेजमा संचालनमा आउँदा २ सय जनाले रोगगारी पाउने छन्’, उनले बताए ।
हाल मार्केटमा एक सय जनाले रोजगारी पाएका छन् । मार्केटबाट ग्राहकले घरमै बसी–बसी सुबिधा लिन सक्ने बन्जाडेले बताए । कम्पनीले घरघरमै पुगेर पनि सेवा दिने गरी काम गर्न गरिरहेको उनले बताए ।
‘एउटै छानामुनी रहेको यो मार्केट जिल्लाका लागि एउटा साइट सिन पनि बन्न सक्छ’, उनले भने । बिभिन्न जिल्लाहरुबाट अवलोकन भ्रमणका लागि आउने आन्तरिक पर्यटकहरुका लागि अवलोकन गर्न मिल्ने खालको मार्केट बनेको उनले बताए ।
‘एकै ठाउँमा एकै तलामा यति ठुलो मार्केट नेपालमा छैन’, उनले भने, ‘त्यसैले रुपन्देही घुम्न आउनेहरु यहाँसम्म एक पटक आउने गन्तब्य बन्न सक्छ । मार्केटमा आएर खरिद गर्ने नै पर्दछ भन्ने पनि छैन, ब्यापार गर्न चाहनेहरुका लागि सिक्ने अवसर पनि बन्न सक्छ ।’
सिद्धार्थ राजमार्गको भैरहवा–बुटवल सडक खण्ड अन्तर्गत मणिग्राममा हाइ–वेसँग जोडिएको एन.जी. मार्केट एक अर्ब बढीको लगानीमा संचालनमा आएको प्रालिका अध्यक्ष बन्जाडेले बताए ।
प्रतिकृया दिनुहोस्