आगलागीबाट १५ घरगोठ जलेर नष्ट


बाँके– आगलागीबाट बाँकेको नरैनापुर गाउँपालिका १५ घरगोठ जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय नरैनापुरका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमका अनुसार गाउँपालिका–४ स्थित कृष्णनगर गाउँमा सोमबार अपराह्न भएको आगलागीबाट १५ वटा घरगोठ र चारवटा बाख्रा जलेका हुन् ।
उनका अनुसार आगलागीबाट करिब रु १८ लाखको क्षति भएको आँकलन गरिएको छ । नरैनापुर गाउँपालिकाको दमकल, सुरक्षाकर्मी, रेडक्रसकर्मी र स्थानीय नागरिकको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट मानवीय क्षति नभए पनि घरगोठ जलेका कारण स्थानीयवासीलाई घरबासको समस्या भएको नरैनापुरका नागरिक अगुवा सोहनलाल यादवले बताए । गर्मी याममा नरैनापुरमा हरेक वर्ष आगलागी हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्