लुम्बिनी ट्रक यातायात ब्यवसायी संघको अध्यक्षमा पुनः खरेल


भैरहवा– लुम्बिनी ट्रक यातायात ब्यवसायी संघ सिद्धार्थनगर, भैरहवाको अध्यक्षमा पुनः बिष्णुप्रसाद खरेल सर्वसम्वत निर्वाचित भएका छन् । संघको १० औं साधारण सभा तथा पाँचौ अबिधेशनबाट संस्थापक खरेल पाँचौं कार्यकालका लागि सर्वसम्वत अध्यक्ष भएका हुुन् ।
निर्वाचित अध्यक्ष खरेलले आफूमाथि थप जिम्मेवारी आएको भन्दै सवै ब्यबसायीसँग सहकार्य गरेर ब्यबसायीको हकहितमा लाग्ने बताए । उनले नयाँ तथा पुराना साथीहरुलाई मिलाएर लैजाने र समन्वयमा काम गर्ने प्रतिबद्धता समेत जनाए ।
त्यस्तै सघंको बरिष्ठ उपाध्यक्षमा मधुसुदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा बिष्णुप्रसाद सुवेदी र महासचिवमा रुमाखर गौतम सर्वसम्वत भएका छन् । महासचिव गौतम पनि पाँचौं कार्यकालका लागि सर्वसम्वत भएका हुन् । त्यस्तै सचिवमा बालकिसुन गुप्ता बानिया र सचिवमा सन्तराम पाण्डे निर्वाचित भएका छन् ।
सचिवका प्रत्यासी लिलाप्रसाद श्रेष्ठलाई पछि पार्दै बाँनिया र कोषाध्यक्षका प्रत्यासी बसन्त भट्टराई पछि पार्दै पाण्डे निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा रबिन खरेल, झविन्द्रकुमार चोखला, जगदिशप्रसाद चौधरी, कमलेश गौतम र बैजनाथ यादव निर्वीरोध निर्वाचिथ भएको निर्वाचन अधिकृत जगतबहादुर रायमाझीले जानकारी दिए ।
निर्वाचित कार्यसमितिले आइतबार पदभार ग्रहण गरेका छन् । निर्वाचन अधिकृत रायमाझीको अध्यक्षता, निर्वाचन समिति सदस्य प्रख्यात बञ्जाडेको संचालनमा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठ, संघका अध्यक्ष बिष्णुप्रसाद खरेल, बरिष्ठ उपाध्यक्ष मधुसुदन आचार्य, सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य, प्रकाश श्रेष्ठ लगायतले बोलेका थिए ।
प्रतिकृया दिनुहोस्