April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

उद्घोषक तथा नेतृत्व विकास तालिम

भैरहवा– महिलाहरुका लागि एक दिने उद्घोषक तथा नेतृत्व विकास तालिम भैरहवामा सम्पन्न भएको छ । महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग व्यापार संगठन (चेम्बर अफकमर्श) रुपन्देही र उद्यमी महिला संगठन रुपन्देहीको आयोजनामा तालिम आयोजना गरिएको थियो । तालिममा ५० जनाको सहभागिता रहेको संगठनले जनाएको छ ।

संगठन अध्यक्ष अनिलकुमार ज्ञवालीले तालिमले महिलाहरुलाई आफ्नो आवाज कसरी बाहिर ल्याउने भन्ने सिकाएको बताए । उनले आगामी दिनमा महिलाहरुको लागि सीपमूलक तालिमहरु पनि सञ्चालन गरिने जानकारी दिए ।

उद्यमी महिला संगठन रुपन्देहीका अध्यक्ष विन्दु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, महासचिव सचिन रोक्का, सचिव लक्ष्मण भण्डारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रशिक्षक इन्दिरा खनालले प्रशिक्षण दिएकी थिइन् । उद्यमी महिला संगठन रुपन्देहीका सचिव कल्पना न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Advertisement