March 22, 2025, Saturday
२०८१ चैत्र १०

डेरी एसोसिएशन लुम्बिनी अध्यक्षमा न्यौपाने

नेपाल डेरी एशोसिएशन लुम्बिनी प्रदेशको अध्यक्षमा धानेश्वर न्यौपाने निर्वाचित भएका छन् । एशोसिएशनको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनबाट अध्यक्षमा न्यौपाने निर्वाचित भएका हुन् ।

यस्तै, एशोसिएशनको उपाध्यक्षमा घननाथ  पौडेल, सचिवमा बिजय सापकोटा, सह-सचिवमा कमल भुषाल र कोषाध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित भएका छन् । यस्तै, सदस्यमा कृष्ण बस्याल, रबिराज पन्त, नबराज सापकोटा, पवन भट्टराई, सावित्री भुषाल, प्रकाश देवकोटा, मान बहादुर बुढाथोकी र मिना कँडेल निर्वाचित भएका छन् ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि डा। राजेन्द्र प्रसाद यादवले एसोसिएसन देश भरि छरिएर रहेका डेरी व्यवसायीहरुको राष्ट्रिय संगठन भएको बताए । राष्ट्रिय दुग्ध विकास बोर्ड र नेपाल डेरी एसोसिएसन हरेक कुरामा सहकार्य गर्ने गरेको डा. यादवको भनाइ छ । 

कार्यक्रममा उत्कृष्ट कृषक सम्मान उमादेवी पशु विकास फर्मका संचालक यज्ञमुर्ति खनाल, व्यवसायी मध्येबाट सुजल डेरी कपिलवस्तुका संचालक सावित्री भुषाललाई सम्मान गरिएको थियो । कार्यक्रममा निर्वाचित सबै पदाधिकारीहरु एवं सदस्यहरुलाई प्रमाणपत्र वितरणसहित सपथ ग्रहण केन्द्रिय महासचिव प्रल्हाद दाहालले गए ।