अब अर्घाखाँची सिमेन्ट ५३ ग्रेडमा
भैरहवा– अर्घाखाँची ओपीसी सिमेन्टले ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । अर्घाखाँची सिमेन्ट लिमिटेडद्वारा उत्पादित उक्त सिमेन्टलाई सरकारले ५३ ग्रेड सिमेन्टको इजाजत प्रदान गरेको हो ।
आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्वारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री वितरणलाई सधैँ प्राथमिकतामा राख्ने जनाएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ५३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले जानकारी दिए ।
‘यसै वर्षको भाद्र महिनामा ४३ ग्रेडको मान्यता प्राप्त गरेको हाम्रो उत्पादनलाई ५३ ग्रेडको प्रमाणीकरण पनि मिलेको छ । जसले आम उपभोक्ताहरुलाई अर्घाखाँची सिमेन्टको उत्पादन प्रयोग गर्न निश्चिन्त बनाएको छ’, कम्पनीका महाप्रबन्धक कार्कीले भने ।
क्लिंकर, ओपीसी र पीपीसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनीमध्येको एक हो । गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै कम्पनीले आइपीओमा जाने तयारी सुरु गरेको छ ।
गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले यस वर्षदेखि एनएस–५७२ को अवधारणासहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो । अर्घाखाँचीको रुपन्देहीको सियारी गाउँपालिकास्थित मैनहियामा उद्योग रहेको छ ।
प्रतिकृया दिनुहोस्