द ग्राण्ड किचन : खाना–नास्ता र कफीसँगै पुस्तक


भैरहवा– एउटै छानामुनी थरिथरिका खाजा–नास्ता र २५ थरि कफीको स्वाद लिन पाइने भएको छ । त्यतिमात्रै होइन्, पुस्तकसमेत पढ्न पाइन्छ ।
डेढ करोडको लगानीमा भैरहवाको जनकपथमा खुलेको द ग्राण्ड किचनले खाना–नास्तासँगै पुस्तक अध्ययन गर्न पाउने व्यवस्था गरेको हो । कोरोना महामारीबीच संचालनमा आएको उक्त रेष्टुरेन्टले ग्राहकलाई लक्षित गरी भैरहवा क्षेत्रमा होमडेलिभरिको ब्यवस्था समेत गरेको छ ।
‘रेष्टुरेन्टमा खाना–नास्ता मात्रै होइन्, चर्चित लेखकका पुस्तकसमेत पढ्न पाइनेछ’, द ग्राण्ड किचनका संचालक उमेश आचार्यले भने, ‘हाम्रो उद्देश्य ग्राहकलाई अध्ययन गर्ने बानीको विकास गराउनु पनि हो । हामीले नयाँ तथा सबै प्रकारका पुस्तक रेष्टुरेन्टको लाइब्रेइरीमा राखेका छौं ।’
यहाँ नेपाली, इण्डियन, कन्टिनेन्टल खानाका साथै २५ प्रकारका कफीको स्वाद लिन पाइने संचालकले बताए । ‘यहाँ आउने ग्राहकले अमेरिकी, नेपाली, दुध, ब्ल्याक लगायत थरिथरिका कफीको चुस्की लिँदै किताब पढ्न पाउनुहुनेछ’, संचालक आचार्यले भने ।

रेष्टुरेन्टले बालबालिकालाइ लक्षित गरि ‘किड्स मेनु’ पनि राखेको छ । ‘भैरहवा र यस क्षेत्र आसपास रहेका ब्यवसायिक र परिवारलाई पारिवारिक वातावरणमा खाना खुवाउने रेष्टुरेन्टको उद्देश्य हो’, अर्का संचालक राजु रिजालले भने ।
भैरहवा क्षेत्रमा रहेका कर्पोरेट ग्राहकलाइ होमडेलिभरी गर्ने गरिएको छ । ‘हामीले अहिले निरन्तर होमडेलिभरी गरिरहेका छौं’, बुधबार आयोजित पत्रकार सम्मेलनमा रिजालले भने, ‘यसतर्फ कर्पोरेट ग्राहक निकै आकर्षित हुनुभएको छ ।’

आकर्षक डिजाइन र थरिथरिका बुट्टाहरुले सिंगारिएको रेष्टुरेन्टमा ५० जनासम्म अट्ने सभाहल छ । ‘जनकपथ भैरहवा क्षेत्रको केन्द्र हो’, रिजाले भने, ‘कार्यक्रम गर्न, परिवारसहित धेरै स्वाद लिन पाइने भएकाले पनि सबैलाई एकपटक सेवा गर्ने मौका दिन आग्रह गर्छु । रेष्टुरेन्टमा भैरहवाका युवाहरु आचार्य, रिजालसँगै पाँच जनाको लगानी छ ।
पछिल्लो समय भैरहवा लुम्बिनी क्षेत्रमा धमाधम होटल तथा रेष्टुरेन्टमा लगानी बढिरहेको छ । संचालनको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनालाई देखेर पनि व्यवसायीले पर्यटन क्षेत्रमा लगानी गरिरहेका हुन् । तीव्र आर्थिक विकास भइरहेको रुपन्देहीको सम्भावनालाई देखेर नै लगानीकर्ता आकर्षित छन् । विमासथल संचालनमा आउँदा पर्यटकको आगमन बृद्धि हुने व्यवसायीको विश्वास छ । तर, कोरोना महामारीले भने पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ ।












प्रतिकृया दिनुहोस्