March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

उद्योग व्यापार संगठनद्वारा राहत प्रदान

भैरहवा– यहाँको उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श)ले आगलागी प्रभावित व्यवसायीलाई आर्थिक सहयोग प्रदान गरेको छ । सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथस्थित अमित इम्पेक्सलाई २२ हजार राहत रकम प्रदान गरिएको संगठनका महासचिव सचिन रोक्काले जानकारी दिए ।

गत मंसिर २८ गते उक्त प्रतिष्ठानमा आगलागी भएको थियो । संगठनका अध्यक्ष अनिलकुमार ज्ञवाली, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, वाणिज्य उपाध्यक्ष कृष्णबहादुर गुरुङ, महासचिव रोक्का र कोषाध्यक्ष राममिलन यादवले सञ्चालक अमितकुमार बेरिवाललाई बुधबार राहतस्वरुप चेक हस्तान्तरण गरेका हुन् । संगठनले संस्थामा आबद्ध विभिन्न समस्यामा परेका उद्योगी व्यवसायीलाई राहत प्रदान गर्दै आएको छ ।

Advertisement