December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

बुद्ध एयरको जहाजसँग नेपालगञ्ज विमानस्थलमा स्याल ठोक्कियो

बाँके– नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाजसँग स्याल ठोक्किएको छ।

Advertisement

बुधबार काठमाडौँबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाजमा स्याल ठोक्किएको प्रहरीले जनाएको छ । जहाज ल्याण्ड गर्ने क्रममा स्याल ठोक्किएको थियो।

जहाजसँग ठोक्किएको स्याल मरेको छ। जहाजमा सामान्य क्षति पुगेको बुद्ध एयर नेपालगञ्जका व्यवस्थापक विनित शाहले बताए ।

जहाजमा ७० जना यात्रु थिए। सबै यात्रु सकुशल छन्। बुद्ध एयर नेपालगञ्जका व्यवस्थापक शाहले जहाल ल्याण्ड गर्ने क्रममा स्याल आएर ठोक्किएको जानकारी दिए ।

केही दिनअघि मात्रै नेपालगञ्ज विमानस्थलमा जहाजसँग बँदेल ठोक्किएको थियो। तीन वटा बँदेल जहाजमा ठोक्किएर मरेका थिए।

जहाजसँग पटक–पटक बँदेल र स्याल ठोक्किने गरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विमानस्थल आसपासको झाडी सफा गरेका थिए। तर, पनि घटना दोहोरी रहेको छ ।