August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

मणिग्राममा कर सम्बन्धी अन्तरक्रिया

तिलोत्तमा– करदाता र आन्तरिक राजस्व कार्यालयको सम्वन्ध नङ र मासुको जस्तो हुनुपर्नेमा एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । तिलोत्तमा चेम्वर अफ कमर्सको आयोजना र आन्तरिक राजश्व कार्यालय भैरहवाको समन्वयमा मणिग्राममा भएको दशौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७८ को अवसरमा आयोजित अन्तरकृयामा बोल्दै सहभागीहरुले करका समस्या समाधान गर्न आपसी सहकार्य जरुरी रहेकोमा जोड दिए ।

Advertisement

तिलोत्तमा–५ का वडा अध्यक्ष चेतनारायण भण्डारीले उद्योगी ब्यावसायीहरुमा करको बारेमा आवश्यक ज्ञान अभावमा जरिवना तिर्न वाध्य भएकाले करदाता शिक्षा बढाउनुपर्ने बताए । कार्यक्रममा तिलोत्तमा चेम्वर अफ कमर्सका पूर्व अध्यक्ष झविन्द्र प्रसाद कंडेलले ब्यावसायिहरुले अनिवार्य तिर्नुपर्ने करका बारेमा स्पष्ट हुनुपर्नेमा जोड दिए ।

Advertisement

कार्यक्रममा कर अधिकृत जगुलाल खरालले वजेटपछि आउने आर्थिक ऐनहरु अध्ययन गरेर काम गर्नुपर्ने सुझाव दिए । अर्का कर अधिकृत रामहरी मरासिनीले पहुंचमा भएका ब्यावसायि भन्दा पनि साना ब्यावसायिलाई कसरी माथि उठाउन सकिन्छ भनेर आन्तरीक राजस्व कार्यालयले अवको कार्ययोजना अगाडि सार्ने बताए ।

तिलोत्तमा चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष रामचन्द्र पाण्डेले ब्यवसायीलाई करका विषयमा जानकारी गरउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।