December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै

पछिल्लो समय वाणिज्य बैंकको निक्षेपमा कमी आउने क्रम जारी छ।

Advertisement

नेपाल बैंकर्स संघका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ४३ अर्बले घटेको छ।

असोजमा कुल ४२ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेको वाणिज्य बैंकमा मंसिर पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब कायम भएको छ।

वाणिज्य बैंकको कर्जा भने ४३ अर्बले बढेको छ। असोज मसान्तसम्मको कुल ३९ खर्ब ९८ कर्जा लगानी गरेका वाणिज्य बैंकको मंसिर पहिलो सातासम्म कुल ४० खर्ब ४१ अर्ब पुगेको छ।