December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

बुटवल उवासंघको साधारण सभा मंसिर २० मा

बुटवल– रुपन्देहीको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा यही मंसिर २० गते हुने भएको छ । संघको बिहीबार बसेको कार्यसमिति बैठकले ६८ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । यस अगाडि मंसिर ६ गते गर्ने निर्णय भएकोमा तयारी लगायतका कारण साधारण सभा सार्ने निर्णय गरिएको संघका सचिव मुक्ति अधिकारीले जनाए ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभामा महासचिवले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदन समेत पास गरेको छ ।

बैठकमा साधारण सभा तयारी समितिका संयोजकहरुले तयारीमा भएका प्रगतिहरु प्रस्तुत गरेका थिए । बैठकमा बोल्दै संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्ष जीवनप्रसाद वझाले सुझावसहित भनाई राखेका थिए ।

Advertisement