December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

दुई करोडमा पार्टी प्यालेस

भैरहवा– रुपन्देही समदरमुकाम भैरहवामा दुई करोड लगानीमा पार्टी प्यालेस संचालनमा ल्याइएको छ । स्थानीय १० जना युवाहरुको समूहले मिड टाउन पार्टी प्यालेस संचालनमा ल्याएका हुन् ।

सिद्धार्थनगर ८ अशोकपथमा संचालित पार्टी प्यालेसको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गरेका थिए । गत वर्ष नै संचालन ल्याउने उद्देश्यले निर्माण सुरु गरिए पनि कोरोना महामारीले प्यालेससंचालनमा केही ढिलाई भएको संचालकले जनाएका छन् ।

प्यालेसमा वातानुकुलित एक हजार जना क्षमताको सभाहल, २ वटा साना हल, क्याटरिङ, विवाह तथा अन्य कार्यक्रमका लागि ३ वटा रुम, फ्रि वाईफाई, गुणस्तरीय सेवा, पारिवारिक वाताबरणसहितका सेवा सुबिधाहरु रहने संचालक मोहम्मद सलिमले बताए ।

Advertisement