December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

स्याउबाट समृद्धि देखेका सुरेश

बुटवल– सुविधा र पहुँच भए अचेल धेरै युवाहरू गाँउमा बस्न खोज्दैनन् । त्यसमाथि भौगोलिक रूपमा विकट गाँउमा बसेर कृषिबाट समृद्धिको सपना देख्ने त झन कम हुन्छन् ।

Advertisement

तर डोल्पाको नावरपानीका सुरेश मगर यस्ता युवा हुन, जो गाँउमै केही गर्ने र धेरै युवालाई रोजगारी दिने अभियानमा छन् । हुन पनि डोल्पामै उनको विशाल स्याउ बगैँचा छ ।

अहिले फल्न शुरू गरेको बगैंँचाबाट अर्को साल व्यवसायिक उत्पादन हुनेछ । उनी भन्छन्– ‘स्याउको व्यसायिक उत्पादन हुन थालेपछि सिजनमा चार सयजनासम्मलाई रोजगारी दिने योजना छ ।’

उनी नावरपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पनि हुन् । सामुदायिक वन संरक्षण, उपभोक्ताको हित र जडिवुटीबाट आम्दानी पनि उनको प्राथमिकता हो । सुरेश भन्छन्– ‘युवाले केही गरेर देखाउन सके त्यसले देश विकासमै टेवा पुग्छ ।’