April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

निक्षेपको हकदावी लिन ३५ दिने सूचना जारी

राष्ट्रिय वाणिज्य बैंकले निक्षेपको हकदावी गर्नलाई ३५ दिने सूचना जारी गरेको छ । बैंकले आज सूचना जारी गर्दै ६ जनाको निक्षेपको हकदावी गर्न आह्वान गरेको हो । बैंकमा निक्षेप खाता खोलेर निक्षेप राखेका आफ्ना ग्राहकको मृत्यू भएपछि उनीहरुका आफन्तलाई हकदावी गर्न सूचना जारी भएको उल्लेख गरेको छ । वाणिज्य बैंकले हकदावीका लागि आह्वान गरेका ६ जना निक्षेप कर्ता नै सप्तरीका छन् ।


जिल्लाका चनरवती देवो,सान्ती दास, मो आजादको, शैलेन्द्र कुमार चौधरी, सीताराम दास र मिसाइल मियाको मृत्यू भएकाले उनीहरुको निक्षेप खाताको हकदावी गर्नुपर्ने छ । वाणिज्य बैंकका राजविराज शाखामा हकदावीका लागि उपस्थित हुन भनिएको छ । हकदावीका लागि आउने दावीकर्ताले  ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’को दफा १११ बमोजिम गर्नुपर्ने छ ।

Advertisement