December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

अंकुरको ११ औं साधारणसभा

भैरहवा– अकुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगरको ११ औं वार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जनउत्थान साकोसका अध्यक्ष ज्ञानु पौडेलले बचत तथा ऋण सहकारीका लागि छुट्टै ऐन हुनुपर्ने बताइन् । उनले सहकारीले वित्तीय सूचकमा ध्यान दिनुपर्ने जनाइन् ।

सिद्धार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनालले सहकारीले गर्नुपर्ने काम र कानुनी कुराका बारेमा प्रष्ट्याए । कायक्रममा सहकारी विज्ञ लक्ष्मण पौडेल, राष्ट्रिय सहकारी बैंक भैरहवा शाखा प्रमुख आलोक शिवाकोटी, समाजसेवी ओमकार गौचन, साहित्यकार वनमाली निराकार, वैदिक सनातन धर्म समितिका पूर्व अध्यक्ष मिना श्रेष्ठ, संस्थाका सल्लाहकार विजयगोवन्द श्रेष्ठलगायतले बालेका थिए ।

संस्थाका उपाध्यक्ष कल्पना प्रधानको स्वागतमा भएको कार्यक्रम सचिव इन्जिनियर चन्द्रभक्त श्रेष्ठले संचालन गरेका थिए । कार्यक्रममा नियमित बचत कर्ता शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

Advertisement