December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

अमरज्योति सहकारीको अध्यक्षमा पोखरेल

बुटवल– बुटवल–११ कालिकानगरमा सञ्चालित अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ ।

Advertisement

अधिवेशनले केशवराज पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिका उपााध्यक्षमा कृष्णप्रसाद पौड्याल, सचिवमा लक्ष्मणप्रसाद ज्ञवाली र कोषाध्यक्षमा मेघराज पन्थ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा नलराज नेपाल, राजेश अधिकारी, बलराम न्यौपाने, मुक्तिनाथ गैह्रे, दुर्गादेवी गौतम आचार्य र कमल न्यौपाने निर्वाचित भएका छन् ।

त्यस्तै तुल्सा शर्मा वाग्लेको संयोजकत्वमा पिताम्बर पन्थी र तुल्सीप्रसाद न्यौपाने सदस्य रहेको लेखा समिति पनि सर्वसम्मत चयन भएको छ । त्यसअघि संस्थाका अध्यक्ष टंकनाथ अधिकारीको अध्यक्षतामा भएको साधारण सभाले अध्यक्ष, सचिव तथा कोषाध्यक्षका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।

सोही अवसरमा शेयर सदस्यका १८ जना जेष्ठ नागरिक अभिभावक सम्मान गरिएको थियो । संस्थाका सचिव कृष्णप्रसाद पौड्यालको सञ्चालनमा भएको साधारण सभामा संस्थाका सल्लाहकार मोहनप्रसाद भण्डारी, धु्रव नेपाल, उपाध्यक्ष केशवराज पोखरेल, शेयर सदस्य गीता गौतम नेपाल, अम्मर बहादुर खडका, छिमेकी संस्था मालिका सहकारीका अध्यक्ष विमलराज घिमिरे लगायतले बोलेका थिए ।