December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

सिद्धार्थ र स्पेनको क्यासर्स चेम्बर अफ कमर्शबीच भगिनी सम्बन्ध

भैरहवा– रुपन्देहीको सिद्धार्थ उद्योग वाणिज्य संघ र स्पेनको क्यसर्स चेम्बर अफ कर्मश इण्डष्ट्रिज एण्ड शर्भिसेसबीच भगिनी सम्बन्ध कायम गरिएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा स्पेनका क्षेत्रीय सभाका सभामुखको उपस्थितिमा शुक्रबार साँझ दुई उद्योगी संस्थाबीच भगिनी सम्बन्ध स्थापना गरिएको हो ।

संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले यो भगिनी सम्बन्ध केबल दुई संघहरुबीचको मात्र नभई नेपाल र स्पेन तथा दुई फरक संस्कतिबीच भएको जनाए । उनले संघका लागि ऐतिहासिक दिन भएको बताए । सक्झौता पत्रमा संघकोतर्फबाट अध्यक्ष न्यौपाने र क्यासर्स चेम्बर अफ कमर्शकातर्फबाट अध्यक्ष ग्राबियल एलभेरेज आरयोयूले हस्ताक्षर गरेका थिए ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले युरोपको स्पेन र नेपलाको आर्थिक विकास र लगानीका अवसरहरका लागि सम्बन्ध महत्वपूर्ण भएको बताए ।

Advertisement