December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

राजस्व संकलनमा बृद्धि

बाँके– जिल्लाको नेपालगन्ज भन्सार कार्यालयले यस आर्थिक वर्षको तीन महिनामै पाँच अर्व ४९ करोड राजस्व संकलन गरेको छ ।

Advertisement

भन्सार कार्यालयको राजस्व संकलन वृद्धि दर हेर्दा १ सय १० प्रतिशतले वृद्धि गरेको छ । गत र्आिर्थक वर्ष २०७७–२०७८ मा १५ अर्व लक्ष्य रहेको मा तीन अर्व थप गरी १८ अर्व राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो । भन्सारले गत आवमा २१ अर्व राजस्व संकलन गरेको थियो ।

सोही लक्ष्यअनुसार यस आर्थिक वर्ष २०७८–२०७९ मा २५ अर्व राजस्व संकलन गर्ने लक्ष्य भन्सारले लिएको छ । यो आथिर्क वर्षमा गतभन्दा ७ अर्व वढी लक्ष्य तोकिएको छ ।

यस आर्थिक वर्षमा आयतमा प्रेट्रोलियम पदार्थ, चामल दाल चिनी, गहुँ, मकै, उद्योग, कच्चा पदार्थ, लत्ता कपडा, इलोक्ट्रोक पदार्थ, गेडागुडी, तरकारी, खसी, वोका आयतमा वृद्धि भएको छ । जडिवुटी, सुगन्धि तेलहरु निर्यात वढी भैइरहेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जयवहादुर भण्डारीले बताए ।

नेपालगन्ज नाकावाट हरेक वर्षमा भएको आयात हेर्ने हो भने पश्चिम नेपालमा गेडागुडी आयात भएको छ । नेपालगन्ज नाकाबाट हरेक वर्ष चामल तथा चामल जन्य वस्तु समेत आयतमा पनि वृद्धि हुँदै गएको छ । नेपालगन्ज नाकाबाट गत आवमा एक अर्व ५२ करोड ३७ लाख रुपैयाँको गेडागुडी भारतबाट आयत भएको छ ।

गेडागुडीमा पनि भारतमाथि नेपाल निर्भर रहेको देखिएको छ । ‘नेपालगन्ज भन्सार कार्यालयमा राजस्व संकलन गर्दा अहिले हेर्ने हो भने भारततर्फ जाने भारतीय नाकाहरु ६४ किलोमिटर खुला सीमा छ’, उनले भने, ‘भन्सार कार्यालयलाई लक्ष्यअनुसार राजस्व संकलन गर्न चुनौती पनि उत्तिकै छ ।’