December 2, 2021, Thursday
१६ मंसिर २०७८, बिहीबार

बढी प्रभावितलाई राहत वितरण

भैरहवा– यहाँका लायन्स क्लबहरुले बाढी प्रभावितहरुलाई राहत वितरण गरेका छन् । रुपन्देहीको ओसतिया गाउँपालिका वडा नम्बर ४ स्थित बसन्तपुर गाउँमा पुगेर लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी र लायन्स क्लब अफ ओमसतियाले संयुक्त रुपमा प्रभावितलाई राहत वितरण गरेका हुन् ।

Advertisement

कार्यक्रममा लायन्स पूर्व डिष्ट्रिक गभर्नर अरुणप्रताप राणाले सेवाभाव महत्वपूर्ण कुरा भएको बताउँदै दुःखको बेला लायन्स सधै अग्र भागमा रहेको जनाए । डिष्ट्रिक चिफ एडभाइजर उमंग देवकोटाले लायन्सले गरेको कामको प्रशंसा गर्दै समाजसेवामा निरन्तरताका लागि आग्रह गरे ।

डिष्ट्रिक चिफ एडभाईजर लायन महेशचन्द्र थापाले बाढी आएको दिनको रात नै ओमसतियाले राहत वितरणका लागि पहल गरेको भन्दै बाढी डुवान क्षेत्रमा स्थालगत भ्रमण गर्दै राहत वितरण जस्तो कार्य गर्नु सह्रानीय रहेको बताए ।

एरिया चिफ जीवन गौतमले दुबै क्लबको गतिविधिलाई डिष्ट्रिकले पनि उच्च मुल्याङ्कन गरेको बताए । यस भन्दा अधि अविरल बर्षाका कारण बाढीबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिएको लायन्स क्लब अफ ओमसतियाका संस्थापक अध्यक्ष मोहित यादवले बताए । ग्रिन सिटीका अध्यक्ष गोविन्द गिरीले बाढीबाट प्रभावितबारे जानकारी पाएपछि पीडितहरुलाई राहत सामग्री वितरण गरिएको बताए ।