December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

सुनको मूल्य तीनसयले बढ्यो

सुनको मूल्य बिहीबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

छापावाला सुनको मूल्य बुधबार ९१ हजार चार सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Advertisement