सेयर बजारमा ७७ अंकको गिरावट


साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार दोहोरो अंकले घटेको छ। आज ७७.३३ अंकले घटेर नेप्से परिसूचक २ हजार ५ सय १०।७३ विन्दुमा पुगेको छ।
२.९९ प्रतिशतले सेयर बजार ओरालो लाग्दा नेप्सेपरिसूचक २ हजार ५ सय १०.७३ विन्दुमा पुगेको हो।
आज ९५ लाख ७५ हजार ६ सय १ कित्ता सेयर बजार ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको छ। सेयर बजार घटे पनि कारोबार रकम भने उकालो लागिरहेको छ।
आज सबै उप–समूह राताम्मे छन्। सबैभन्दा धेरै फाइनान्स् ५.०९ प्रतिशतले घटेको छ।








प्रतिकृया दिनुहोस्