December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

लुम्बिनी होटल संघको अध्यक्षमा ज्ञवाली

लुम्बिनी – लुम्बिनी होटल संघ, नेपालको अध्यक्षमा गोबिन्द ज्ञवाली निर्वाचित भएका छन् । शनिबार लुम्बिनीमा सम्पन्न तेस्रो साधारण सभा एवम् दोस्रो अधिवेशनबाट आगामी २ वर्षका लागि ज्ञवाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

Advertisement

निर्वाचन संयोजक प्रख्यात बन्जाडेले आगामी कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको जानकारी दिए । नवनिर्वाचित कार्यसमिति बरिस्ठ उपाध्यक्षमा लीलामणि शर्मा पौडेल, उपाध्यक्षमा शेखर कार्की चयन भएका छन् ।

यस्तै महासचिवमा पुरुषोत्तम अर्याल, सचिवमा भूपेन्द्र गुरुङ, कोषाध्यक्षमा किरणप्रसाद कंडेल र सह-कोषाध्यक्षमा किरणचन्द्र पौडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।

कार्यसमिति सदस्यहरुमा खिम श्रेष्ठ, प्रबिणराज शाक्य, पद्मा न्यौपाने, घनश्याम गुप्ता, धिरज गुप्ता, पिन्टुलाल बनिया र टीकाकुमारी कट्टेल निर्वाचित भएको निर्वाचन संयोजक बन्जाडेले बताए ।