March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

एक करोड लगानीमा तुलसी द नेपाली अर्गानिक होम एण्ड अक्सि प्योर

भैरहवा– च्याउका विभिन्न परिकारको विक्री र शुद्ध अक्सिजन प्रदान गर्ने उद्देश्यले भैरहवामा तुलसी द नेपाली अर्गानिक होम एण्ड अक्सि प्योर संचालनमा ल्याइएको छ । शनिबारबाट भैरहवाको जनपथमा उक्त व्यवसाय संचालनमा ल्याइएको हो । युवा व्यवसायी विनोद पराजुली र रितेश विष्टले यो व्यवसायमा एक करोड १० लाख रुपैयाँ लगानी गरेका छन् ।

Advertisement

संचालक विष्टले कृषिमा क्रान्ति ल्याउने सोंचकासाथ च्याउका परिकारहरुको विक्री सुरु गरिएको बताए । संचालकका अनुसार यहाँ सिताके र गानोडार्माको उत्पादन बढाउने, कम्तिमा कृषिमा दश हजार रोजगारी सृजना गर्ने, विदेशी वस्तुभन्दा स्वदेशी गुणस्तरीय उत्पादन सस्तो दररेटमा उपभोक्तासमक्ष पुर्याउने लक्ष्य लिइएको छ ।

Advertisement

यस्तै, कृषक तथा सरकारसँग समन्वय गरेर उपयुक्त मूल्यमा कृषिजन्य वस्तु अन्तर्राष्ट्रियकरण गर्ने, मुलुकलाई फेरि कृषि प्रधान देशतिर अग्रसर गराउन भूमिका खेल्ने, अर्गानिक खेतीबाट नेपाल र नेपालीको जीवन उकास्ने लक्ष्यसाथ कृषिको प्रबद्र्धनात्मकरुपमा व्यवसाय सुरु गरिएको संचालक विष्टले जनाए ।

यहाँ तुलसी अर्गानिक गानोडार्मा, सिताके च्याउ, सिताके सुकुटी, सिताके क्रिम सुप पाउडर, लेमन ग्रास पाउडर, ग्यानो इम्युन बुस्टर, ग्यानो कफी, सिताके सिन्की, मस्यौरा पाइने अर्का संचालक विनोद पराजुलीले बताए ।

यस्तै यहाँ ९५ प्रतिशत शुद्ध अक्सिजन प्रदान गर्ने उद्देश्यकासाथ अक्सी प्योर पनि संचालनमा ल्याइएको छ । वातावरणबाट हाम्रो शरीरले २१ प्रतिशत मात्रै शुद्ध अक्सिजन पाउने भएकाले अक्सी प्योरमार्फत् ९५ प्रतिशत अक्सिजन उपलब्ध गराउने संचालक पराजुलीले बताए । अक्सी प्योरमा विभिन्न खालका एरोमा मार्फत् अक्सिजन प्रदान गरिने छ ।

यसको प्रयोगले हाम्रो शरीरमा इनर्जी लेबल बढाउनुका साथै राम्रो निद्रा लाग्ने, तनाव कम गर्ने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि, एकाग्रताको लागि, टाउको दुखाई र माइग्रेनलाइ फाइदा पुग्ने संचालकको दावी छ । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले कृषि क्षेत्रको प्रबद्र्धनमा व्यवसाय कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।