March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारीमा घिमिरे

बुटवल– लुम्बिनी प्रदेश सरकारले रिक्त प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अन्तन्तराज घिमिरे र हालका कार्यकारी अधिकृत ध्रुव मजगैयालाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।

यस्तै बैठकले प्रदेश प्रशिक्षण कार्यकारी निर्देशकमा रामु जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ । परिषदमा मनोनित विषयगत विज्ञ भुबनेश्वर लामिछाने र मोतिरामप्रसाद शर्मालाई हटाई श्यामकुमार आचार्यको मनोनयन फिर्ता गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिन्सी र सामाग्री शिक्षा विज्ञान र युवा तथा खेलकुद मन्त्रालयमा हस्तातरण गर्ने निर्णय गरेको छ । बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता खड्काले बजेट जनमुखी भएको दावी गर्दै सरकारले छिट्टै पूर्णता पाउने बताए । उनले प्रदेश सरकारले जनताको बीचमा समृद्धि लुम्बिनी प्रदेश, आत्मनिर्भर प्रदेशबासीको सपनालाई साकार बनाउन लागि परेको बताए ।

Advertisement