January 25, 2025, Saturday
२०८१ माघ १३

बजेट प्रदेशसभामा पेस गर्ने लुम्बिनी सरकारको निर्णय

बुटवल– लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८–०७९ बजेट प्रदेशसभामा पेस गर्ने भएको छ । आज १ बजे बैठक बजेट पेस गरी सदनबाट पारित गर्ने सरकारको योजना छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए ।

बैठकले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको कार्यकालमा अध्यादेशबाट ल्याइएको नीति, कार्यक्रम र बजेट संसदमा प्रस्तुत गर्ने भएको हो । अघिल्लो प्रदेश सरकारले ल्याएको बजेट सम्वन्धी अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव समेत लगिने छ ।

Advertisement

जसमा प्रदेश सरकारको अर्थ समन्धी आर्थिक अध्यादेश २०७८ खारेज गर्न संविधानको धारा २०२ को उपधारा २ (ख) बमाजेजिम प्रदेश प्रमुखलाई सिफारिस गर्ने, प्रदेश संचित रकमबाट खर्च गर्ने अधिकार दिन अधिकार सम्बन्धी जारी विनियोजिन अध्यादेश खारेज गर्न नेपालको संविधान २०२ को उपधारा २ (ख) अनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रबक्ता खड्काले बताए ।

यस्तै प्रदेश विनयिोजन विधेयक प्रदेश सभामा पेश गर्न प्रदेश सरकाको अर्थ समन्धी प्रस्तावलाई कार्यन्वय गर्न विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गर्ने, प्रदेश सरकाको आ.व २०७८–०७९ बजेट बक्तव्य प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताए ।