सिताराको साधारण सभा
मणिग्राम– रूपन्देहीको ड्राइभरटोलमा सञ्चालित सितारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मातृका ज्ञवालीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका सञ्चाल, सहकारी विज्ञ माधवलाल देवकोटाको आतिथ्यमा आयोजित कार्यक्रम कोभिड सतर्कतासहित सञ्चालन गरिएको थियो ।
साधारण सभाले अध्यक्ष ज्ञवालीको प्रतिवेदन, कोषाध्यक्ष पिताम्बर खनालको प्रतिवेदन तथा लेखा समितिका संयोजक कृष्णप्रसाद आचार्यले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
संस्थाका सदस्य दीपा थापाको सञ्चालन, उपाध्यक्ष रमेशकुमार पराजुलीको स्वागतमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार यादव भण्डारी, गणेश पन्थी, संस्थापक अध्यक्ष रामबहादुर खड्का लगायतले मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस्