August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

पशुपतिको शेयर पुँजी दुई करोड ३० लाख

भैरहवा– जिल्लाको तिलोत्तमा नगरपालिकामा संचालित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पँुजी २ करोड ३० लाख ४० हजार ३ सय पुगेको छ । संस्थाको गत वर्ष शेयर पुँजी २ करोड १८ लाख ३ सय थियो ।

Advertisement

तिलोत्तमा–१५ मा रहेको यो सहकारीको निक्षेप वचततर्फ १७ करोड १२ लाख २५ हजार ३ सय ४५ छ । गत वर्ष निक्षेप १४ करोड ९४ लाख ७५ हजार ६ सय ३५ थियो । संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा शेयर लाभांश कोषमा ९ लाख ७१ हजार ८ सय ४३ रुपैयाँ, कर्मचारी बोनस कोषमा १ लाख ७ हजार ९ सय ८२ रुपैयाँ, सहकारी शिक्षा कोषमा ७९ हजार ४ सय ६५ रुपैयाँ, घाटा पूर्ति कोषमा ५ लाख २६ हजार ८ सय ३६ रुपैयाँ रहेको जनाएको छ ।

Advertisement

सहकारीको शनिबार आयोजित आठौँ अधिवेशन तथा २२औं वार्षिक साधारणसभामा बोल्दै तिलोत्तमा–१५ का वडाध्यक्ष खेमराज गुरुङले सहकारीले सेवा सुविधा चुस्तदुरुस्त बनाउनुका साथै शेयर सदस्यको रकम सुरक्षित रहने वातावरण बनाउनु पर्ने बताए । ‘दिगो योजना बनाएर अगाडि बढे संस्था मजबुत हुन्छ’, उनले भने ।

सहकारी अध्यक्ष रामनाथ उपाध्यायले आफ्ना शेयर सदस्यहरुको आर्थिक उपार्जनका लागि कृषिकर्जा, व्यवसायी कर्जा, शैक्षिक कर्जामा न्यूनतम व्याजदर लिएर लगानी गरेको अध्यक्ष बताए । संस्थामा आर्थिक पादर्शिता रहेकाले कोही कसैको लगानी डुब्छ कि भनेर चिन्ता गर्ने अवस्था नरहेको उनले जनाए । ‘ढुक्क भएर संस्थामा लगानी गर्न इच्छुकलाई मैले आग्रह गर्छु’। एनले भने ।

नयाँ नेतृत्व चयन
यसैबीच संस्थाको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । डोलराज बस्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको उपाध्यक्षमा थमनबहादुर क्षेत्री, सचिवमा अर्जुन बस्याल, कोषाध्यक्षमा लीलामणि भुसाल छन् । यस्तै, कार्यसमिति सदस्यहरुमा पुरुषोत्तम सुवेदी, ताराप्रसाद नेपाल, गोमा गैरे, भुवानन्द पाण्डे, पूर्णभद्र बस्याल, संगिता श्रेष्ठ, भिमा भण्डारी निर्वाचित भएका छन् ।

संस्थाको लेखा समिति संयोजकमा बिष्णुप्रसाद पाण्डे तथा सदस्यमहरुमा चन्द्रकान्त बस्याल र प्रकाश बन्जाडे छन् । ऋण उपसमितिमा पशुपति भण्डारी संयोजक छन् भने सदस्यमा लक्ष्मण भट्टराई चयन भएका छन् । शिक्षा उपसमितिमा दिपकप्रसाद बस्याल र बिष्णुप्रसाद भट्टराई सदस्यमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारीले बताए ।