March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नवउद्यमशाला कार्यक्रमका लागि आवेदन आह्वान

बुटवल– रुपन्देहीको बुटवल उद्योग बाणिज्य संघले नवउद्यमशाला (विजनेश इन्कुवेशन) कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ । नविनतम सोंच भएका युवा उद्यमीलाई व्यबसाय अभिबृद्धिका साथै व्यबसायिक प्रवद्र्धनका लागि आयोजना गरिएको कार्यक्रममा नव उद्यमीलाई आवेदन आह्वान गरिएको हो ।

पहिलो संस्करणमा सफल भएको यो कार्यक्रम दोस्रो संस्करणमा पुनः सञ्चालन गर्न लागिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले बताए । यो कार्यक्रममा सहभागी हुनका लागि व्यबसायको संस्थापक नेपाली नागरिक हुनुपर्ने, व्यबसाय सञ्चालन भएको ३ वर्ष नपुगेको हुनुपर्ने र नवीनतम सोचका लागि अवधारणा पेश गर्नुपर्ने न्यूनतम मापदण्ड निर्धारण गरिएको संघका व्यबसाय बिकास अधिकृत तथा कार्यक्रमका फोकल प्रसन केशव ढकालले जनाए ।

संघ, अन्तरप्रेरणा, युवा उद्यमी मञ्च रुपन्देही र लुम्बिनी बाणिज्य क्याम्पसको साझेदारीमा सञ्चालन गरिने उक्त कार्यममा सहभागी हुन चाहने नव उद्यमीले आगामी कात्तिक ३० गतेसम्म आवेदन दिन सकिने उनले बताए । यो कार्यक्रमका माध्यमबाट व्यापार विस्तार तथा व्यबसाय सञ्जाल पहिचनमा सहजता, विजनेश कोच र मेन्टरशिप, मासिक तालिम लगानीमैत्री वातावरणको लाभ लिन सकिने पनि उनले जनाए ।

Advertisement