October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

केही घट्यो सुनको मूल्य

 सुनको मूल्य बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुनको मूल्य तोलाको ९० हजार एक सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य  पनि तोलामा पाँच सय रुपैयाँले घटेर ८९ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलाको ८९ हजार ६ सय ५० रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।