October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

तोकियो धानको मूल्य

सरकारले चालु आर्थिक वर्षका लागि धानको न्यूनतम सर्मथन मूल्य तोकेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले क्विन्टलमा १७ रुपैयाँले बढाएर धानको मूल्य तोकेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सन्जेलले मोटा र मध्यम किसिमको धानको न्यूनतम सर्मथन मूल्य तोकिएको बताए ।

उनका अनुसार मोटा धानको प्रतिक्विन्टल मूल्य दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रुपैयाँ तोकिएको छ । यो मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल १७ रुपैयाँले बढी हो ।