March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठनको अध्यक्षमा न्यौपाने

भैरहवा– होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन सिद्धार्थनगर, रुपन्देहीको अध्यक्षमा पिताम्बर न्यौपाने (विष्णु) सर्वसम्मत चयन भएका छन् । भैरहवामा सम्पन्न आठौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट न्यौपाने अध्यक्षमा चयन भएका हुन् । । अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उनी यसअघि महासचिवको संगठनको महासचिव थिए ।

संगठनको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद पोखरेल, प्रथम उपाध्यक्षमा लिलाधर भट्टराई, द्वितीय उपाध्यक्षमा मधु ज्ञवाली, महासचिवमा राजेश महोत्रा, सचिवमा बाल बहादुर घिमिरे, कोषाध्यक्षमा नरेन्द्र खनाल र सह–कोषाध्यक्षमा गुनाम्बर गौतम निर्वाचित भएको निर्वाचन समिति संयोजक सुरेन्द्र बस्यालले जानकारी दिए ।

संगठनको सदस्यमा कल्पना न्यौपाने, सितादेवी इटनी, हुमनाथ ढकाल, चेतनारायण आचार्य, नरेश अधिकारी, दिनबन्धु खनाल र दल बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् । साधारणसभा तथा अधिवेशनको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले उद्घाटन गरेका थिए ।

Advertisement