June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

स्वास्थ्य विधामा दुई लाख राशीको रोटरी सेवा पदक

बुटवल– स्वास्थ्य विषयमा रोटरी क्लब अफ बुटवलले यस वर्ष रोटरी सेवा पदक प्रदान गर्ने भएको छ । दुई लाख रुपैयाँ राशीको रोटरी सेवा पदक प्रदान गरिने क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले बताए ।

Advertisement

यस वर्ष स्वास्थ्य विषयको क्षेत्रमा योगदान गर्ने व्यक्ति वा संस्थालाई प्रदान गरिने रोटरी सेवा पदकका लागि क्लवले नेपालभरिका रोटरी क्लव तथा जिल्ला प्रशासन कार्यालयबाट त्यस्ता व्यक्ति वा संस्थाले पु¥याएको योगदानसहितको नाम सिफारिश गर्न आह्वान गरेको छ ।

क्लवले हरेक दुई वर्षमा रोटरी सेवा पदक प्रदान गर्दै आएको क्लवका पुर्व अध्यक्ष नारायण प्रसाद पन्थले बताए । शिक्षा, स्वास्थ्य सरसफाई र सामुदायिक कार्यहरु, सिप श्रृजना र विकास, गरिवी निवारण, जनउपयोगी खोज, नारी उत्थान र लैगिक समानता विषयमा रहेर क्लबले पुरस्कार प्रदान गर्दे आएको छ ।

क्लवले यसअघि नारी उत्थान र लैंङ्गिक समानताको क्षेत्रमा काम गरेको बुटवल ६ मा रहेको साधना महिला बिद्यालय, शिक्षा क्षेत्रबाट सुवर्णकुमारी श्रेष्ठ र जनउपयोगी खोज विषयमा महाबिर पुनलाई रोटरी सेवा पदकबाट सम्मान गरिसकेको छ ।