October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

वृज सिमेन्टद्वारा मृतक परिवारलाई पाँच लाख सहयोग

भैरहवा– रुपन्देहीको भैरहवामा रहेको वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिको वृज एक्सपर्ट मेसन क्लबमा आबद्ध सदस्यको मृत्युपछि परिवारलाई ५ लाख रुपैयाँ प्रदान गरेको छ । ।

प्युठान नौबहिनी गाउँपालिका–१, स्याउलीवाङका ३९ वर्षीय बोमबहादुर मल्ल, उनकी श्रीमती र छोराको घरले च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो । गत जेठ ८ गते क्लबका सदस्य उनीहरुको घरले च्यापिएर मृत्यु भएको हो ।

सोही परिवारलाई वृज सिमेन्टले ५ लाख रुपैयाँ बिमाबापतको रकम हस्तान्तरण गरेको उद्योगका महाप्रबन्धक रविरंजन कुमारले जानकारी दिए । कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जिसीले छोरी कुमारी मल्ललाई पाँच लाखको चेक हस्तान्तरण बताए ।

वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले वृज सिमेन्ट एक्सपर्ट मेसन क्लब स्थापना गरी क्लबमा आबद्ध सदस्यहरूको ५ लाख बराबरको बिमा योजना अगाडि बढाएको छ ।

देशका विभिन्न स्थानमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माणकर्मीलाई ‘एक्सपर्ट मेसनक्लब’ मा आबद्ध गरी बिमासहितका थप सुविधा प्रदान गर्दै आएको वृज सिमेन्ट कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले जानकारी दिए ।