March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

बढ्यो सुनको मूल्य

 सुनको मूल्य बुधबार बढेको छ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ थियो।

Advertisement

तेजाबी सुनको मूल्य तोलामा पनि ६ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार १ सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य भने स्थिर रही १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।