September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

बुटवल उद्योग बाणिज्य संघमा डिलर्स बस्तुगत समिति गठन

बुटवल – यहाँस्थित बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा डिलर्स बस्तुगत समिति गठन गरिएको छ । सोमबार संघमा बसेको व्यबसायीहरुको भेलाले डिलर्स बस्तुगत समिति गठन गरेको हो । ताराप्रसाद भण्डारीको सभापतित्वमा गठित उक्त बस्तुगत समितिको उपसभापतिमा विनोद निरौला, सचिवमा सन्दिप खनाल र कोषाध्यक्षमा कौषलराज गैरेलाई चयन गरिएको छ ।

समितिको सदस्यहरुमा विष्णु पाण्डे, चिरञ्जिवी थैव, ज्ञानप्रसाद न्यौपाने, विशाल श्रेष्ठ र उपेन्द्र गौतमलाई चयन गरिएको छ । त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले निजी क्षेत्रको बिकास र प्रवद्र्धनका लागि व्यबसायिक एकता अपरिहार्य रहेको बताए । उनले बस्तुगत व्यबसायीका समस्या पहिचान गरेर संघमा जानकारी गराउन आग्रह गर्दै समाधानको लागि संघले पहल गर्ने पनि बताए ।

संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको समन्वय उक्त समितिका समन्वयकर्ता तथा संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठले गरेका थिए । कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु बसन्तप्रसाद ढकाल, दीपकप्रसाद चापागाई, काशिराम शर्मा पौडेल, जमुना पौडेल लगायत सदस्य व्यबसायीहरुको सहभागिता थियो ।