April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

दीर्घरोगीलाई रकम दिने निर्णयले खुशी छु : बोहरा

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले दीर्घरोगीलाई मासिक पाँच हजार दिने सरकारको निर्णयले आफू खुशी भएको बताएका छन् । शनिबार विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, ‘वर्तमान सरकारले क्यान्सर, मिर्गौला र गम्भिर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार दिने पुनः निर्णय गरेकामा म खुशी छु ।’

मन्त्रीपरिषद्मा स्वास्थ्यमन्त्रीको हैसियतले आफूले २०७४ पुस १३ गते दीर्घ रोगीलाई मासिक पाँच हजार भत्ता दिने जनमुखी निर्णय गरिसकेको बताए । ‘तर, २०७४ सालको आम निर्वाचन पछि बनेको सरकारले उक्त जनमुखी निर्णयलाई खारेज गरेको थियो’, उनले भनेका छन्, ‘वर्तमान सरकारले उक्त निर्णय फेरि लागू गर्ने भएको छ ।’

Advertisement