September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

सरकारले दीर्घरोगीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने

सरकारले दीर्घरोगीलाई मासिक ५ हजार रुपैयाँ खर्च दिने भएको छ।

Advertisement

अर्थमन्त्री जनार्दन शर्माले संसदमा शुक्रबार प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र हृदयाघातका बिरामीलाई ‍औषधोपचारका लागि मासिक पाँच हजारका दरले खर्च दिने व्यवस्था गरेको जानकारी दिएका हुन्।

Advertisement

परिवर्तनविरुद्धको आन्दोलन गर्ने परिवारका लागि जीवनवृत्तिका लागि मासिक तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको पनि अर्थमन्त्री शर्माले जानकारी दिए।

उनले कक्षा १२ सम्मका विद्यार्थीका लागि पढ्दै काम गर्दै अभियान सुरु गर्ने जानकारी पनि दिए।