November 8, 2024, Friday
२०८१ कार्तिक २३

सरकारले भत्ता काटेर खोप किन्न छुट्यायो ५ अर्ब

सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब रुपैयाँ विनियोजन गरेको बताए।

विपक्षीको लगातारको विरोधलाई बेवास्ता गर्दै अर्थमन्त्री शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक पेस गरिरहेका छन्।