March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बुटवल उद्योग बाणिज्य संघमा दुई बस्तुगत समिति गठन

रुपन्देही – बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा थप दुई वटा बस्तुगत समिति गठन गरिएको छ । संघका सदस्य व्यबसायीको छुट्टाछुट्टै बैठकले होटल रेष्टुरेन्ट, क्याटरिङ, टुर्स एण्ड ट्रावल्स र स्टेशनरी बस्तुगत समिति गठन गरिएको हो ।

Advertisement

होटल रेष्टुरेन्ट, क्याटरिङ, टुर्स एण्ड ट्रावल्स बस्तुगत समितिको सभापतिमा अञ्जनकुमार श्रेष्ठलाई चयन गरिएको छ । समितिको उपसभापतिमा ज्ञानप्रसाद खनाल, सचिवमा प्रथम पराजुली, कोषाध्यक्षमा गिरीराज भुसाल तथा सदस्यहरुमा कमल पोखरेल, रबिन्द्रकुमार श्रेष्ठ, श्यामलाल पाण्डे, बलराम पौडेल र अनिलकुमार श्रेष्ठलाई चयन गरिएको छ । बैठकले सञ्जय बजिमय, लक्ष्मण पोखरेल र ज्ञानेन्द्रकुमार श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।

Advertisement

त्यस्तैगरि स्टेशनरी बस्तुगत समितिका सभापतिमा गोपालप्रसाद बस्याल, उपसभापतिमा गाणेशप्रसाद पाण्डे र सचिवमा आशिषकृष्ण श्रेष्ठलाई चयन गरिएको छ । समितिको सल्लाहकारमा सुक्रप्रसाद बस्याल, हरिप्रसाद अर्याल, राजेश भट्टराई र रामकृष्ण चापागाईलाई चयन गरिएको छ ।

होटल रेष्टुरेन्ट, क्याटरिङ, टुर्स एण्ड ट्रावल्स बस्तुगत समितिका समन्वय कर्ता तथा संघका कार्यसमिति सदस्य निर्मित कसजु र स्टेशनरी बस्तुगत समितिका समन्वयकर्ता संघकी कार्यसमिति सदस्य जमुना पौडेलको समन्वयमा भएको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यबसायिक हकहितमा काम गर्दै आएको र व्यबसायिक समस्या पहिचान गरेर सुझाव सल्लाह दिन आग्रह गरे ।