March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

उद्योगी जाटियाको निधन

भैरहवा– हृदयघातबाट रुपन्देहीका उद्योगी अनिल जाटियाको निधन भएको छ । गएराति १२ बजे काठमाडौं जाटियाको निधन भएको हो । एसियन कङक्रिटोले नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको अबसरमा आयोजित पत्रकार सम्मेलनमा आएका अतिथिहरुलाई बिदाई गरी घर पुगेका जाटिया लाई हृदयघात भएको थियो ।

एक्कासी हृदयघात भएपछि जाटियालाई उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । अस्पतालमा लगेपछि उनको निधन भएको एसियन कंक्रिटोका सञ्चालक मनिष रुङ्गाटाले बताए । ‘काठमाण्डौको होटल याक एण्ड यतिमा आयोजित एसियन कङक्रिटोको कार्यक्रम सकेर उहाा घरमा पुगेर गाडीबाट झर्ने बेलामा एक्कासी सास फेर्न अप्ठ्यारो भएको थियो । त्यसपछि हृदयघाट भएको थियो’, रुङ्गाटाले भने ।

५९ वर्षीय जाटिया एसियन कंक्रिटो, जगदम्बा सेन्थेटिकका सञ्चालक हुन भने शंकर ग्रुप अन्तर्गतका उद्योगहरुमा पनि उनको लगानी छ । सिद्धार्थ उद्योग बाणिज्य संघका एसोसिएट उपाध्यक्ष अरुण गोयनकाले जाटियाको निधनले नेपालकै औद्योगिक क्षेत्रमा ठुलो क्षति भएको बताए । उनको बिहान ११ बजे काठमाडौंस्थित पशुपति आर्याघाटमा दाहासंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । जाटियाका श्रीमती र एक छोरा छन् ।

Advertisement