June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

वर्षाले रुपन्देही, कपिलवस्तु र नवलपरासीका ठाउँ-ठाउँमा डुवान (फोटो फिचर)

रुपन्देही, कपिलवस्तु र नवलपरासी – हिजोदेखि नै लगातार परिरहेको अविरल वर्षाले ठाउँठाउँमा क्षति गरेको छ । पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । कतै पहिरो झरेको छ भने कतै पुल भाँसिएको छ । डाइभर्सन बगाएको छ ।

Advertisement

वर्षातका कारण रुपन्देही, नवलपरासी र कपिलवस्तुका कयौं ठाउँ डुबानमा परेका छन्। धेरै ठाउँ जलमग्न भएका छन् । कतै घर डुवेका छन् भने कतै धनमालको ठूलो क्षति भएको छ । क्षति विवरण नआए पनि बाढी आउँदा तीन जिल्लाका धेरै ठाउँमा डुवान भएको प्रहरीले जनाएको छ ।

Advertisement

पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्ड राति देखि नै अवरुद्व भएको हो । रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल बाढीका कारण भासिएको छ।

वर्षात्का कारण रुपन्देही तिलोत्तमाको शान्तिनगर, कोटिहवा, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भरथापुर, लुम्बिनी, भैरहवा, परासी बजार लगायतका ठाउँ डुवानमा परेका छन्। त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटीय क्षेत्रमा जोखिम बढेको छ।

वर्षातका कारण तिनाउ नदीमा बाढी आएको छ। नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बुटवल उपमहानगरपालिकाले अपिल गरेको छ। त्यस्तै कपिलवस्तुको वाणगंगा नदी आसपासको क्षेत्र पनि जोखिममा परेको छ । नवलपरासीका परासीबजारसहितका ठाउँ डुबानमा परेका छन्।

अर्घाखाँचीको सदरमुकाम जोड्ने गोरुसिंगे(सन्धिखर्क सडक पनि पहिरो खसेका कारण अबरुद्व भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका सूचना अधिकारी डिल्ली नारायण पाण्डेयले बताए।

कविलवस्तुका अधिकांश ठाउँ डुवानमा परेका छन् । नवलपरासी उसैगरी जलमग्न छ । सुस्ता अधिकांश डुवानमा परेको त्यहाँस्थित गाउँपालिकाले जनाएको छ । तिनाउमा ठूलो बाढी आएकाले भरतापुर क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भनिएको छ । यहाँ सधैजसो डुवान हुनेगर्छ ।

तस्बीरहरु : पब्लिक कुराकर्मी र सामाजिक संजालको सहयोग