बर्दियाबाट तस्करी हुँदै गरेको १६ टन केराउ बरामद
- पब्लिक कुरा
- २०७८ भाद्र ३
- 3.9K Shares
बर्दिया – प्रहरीले बर्दियामा तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १६ हजार मेट्रिक टन केराउ (मटर) नियन्त्रणमा लिएको छ ।
बर्दियाको गुलरिया नगरपालिका–१० स्थित बिनोद बर्माको मिल अगाडिको खाली जमिनमा केराउको बोराहरु जम्मा पारी साइकलमा लोड गरी तस्करहरुले भारत लैजाँदै गर्दा बरामद गरिएको बर्दियाका एसपी र्इश्वर कार्कीले बताए ।
साइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि संलग्न व्यक्तिहरु साइकल छोडी भागी फरार भएका छन् । तस्करहरुले सो केराउ ८ वटा साइकलमा राखेर भारततर्फ लगिरहेका थिए ।
बरामद केराउ आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दिया पठाइएको प्रहरीले जनाएको छ ।
- पत्रकार पौडेललाई लायन्स सामाजिक पत्रकारिता पुरस्कार
- नगरस्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि लीलारामलाई
- घुम्तिनेर लेट, चोक-मोडमा ट्राफिकसित भेट
- विश्वका घुम्नलायकको सूचीमा लुम्बिनी परेपछि पर्यटन क्षेत्रमा उत्साह
- आफ्नो ठाउँका लागि योग्य नेताको चयन
- स्वस्थानी व्रतकथा सुरु
- लुम्बिनीमा पहिला फिर्ता पठाएको निजामती सेवा ऐन प्रदेशसभाबाट पुनः हुबहु आएपछि प्रदेश प्रमुखद्वारा प्रमाणीकरण
- संघीताबारे गलत ढंगले प्रचारबाजी भइरहेको छ, यसलाई चिर्नपर्छः प्रदेश प्रमुख मियाँ
- तिलोत्तमाको छैठौं अधिवेशन, सर्वसम्मतले प्रस्ताव पारित
- गोरखादेखि गोरखपुरसम्मको दोस्रो खिचडी यात्रा सुरु
-
भैरहवामा ५० रुपैयाँमा पाँच किलो काउली !
२०८१ पुष २५ -
एकल जिन्दगी
२०८१ पुष २०
प्रतिकृया दिनुहोस्