March 18, 2025, Tuesday
२०८१ चैत्र ५

स्रोत नखुलेको दश लाखसहित दुई पक्राउ

भैरहवा – रुपन्देही प्रहरीलेले स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
लु४३प २६५० नम्बरको मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ का २० वर्षीय विष्णु यादव र १९ वर्षीय अनवर मुसलमानलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले उनीहरूलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जनालाई रकमसहित राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।